ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकाे छ ।आइतवार नगरसभा बैठकमा महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ छुट्याइएको छ ।
१० वटा महानगर गाैरव याेजनाका लागि तीन अर्ब ८० कराेड रुपैयाँ छुट्याएकाे महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदालाई प्राथमिकतामा राखेकाे छ ।








