
काठमाडौं, नेपाली बजारमा सुनको मुल्य दिनहुुँजसो घटबढ भइरहेको छ । यसैबीच शुक्रबार सुनको मुल्यमा ७ सय गिरावट आएको छ ।
आज सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको सुन आज ७ सयले घटेको हो ।
यो अघिल्लो दिनको भन्दा प्रतितोला ५ रुपैयाँले कम हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ ।







