
गोरखा, पछिल्लो केहि समययता नेपालमा भुकम्प जाने क्रम बढेको छ । मंगलबार गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका विभिन्न स्थानमा भूकम्प गएको थियो ।







