
सप्तरी, सप्तरीको हनुमाननगर कंकालिनीमा २० जनासहित सप्तरीमा २३ जनालाई कोरोना संक्रमण देखिएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा ३ महिलासहित २० जनालाई कोरोना संक्रमण देखिएको हो भने धरानमा उपचाररत ३ जना विरामीमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीमा संक्रमितको संङ्ख्या ७ सय ५७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया निरीक्षक नारायणप्रसाद राउत बरैले जानकारी दिएका छन । जसमध्ये ५ जना पुरुषको मृत्यु भएको छ भने ५४१ जना निको भइ घर फर्किएका छन्। बाँकी संस्थागत र होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।







