
बुटवल, कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक पुरूषको मृत्यु भएको छ। कपिलवस्तुका ५० वर्षीय पुरूषको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृतक कपिलवस्तु नगरपालिका १ का हुन् । उनको बुधबार राती मृत्यु भएको हो। स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो।







