
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ काअनुसार पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको थियो ।
त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय अनुमोदन गरेको हो ।बैठकमा सांसदहरुले बुझाउनुपर्ने लेबीका सन्दर्भमा पनि छलफल भएको उहाँको भनाइ छ ।







