
टिपरको ठक्करबाट तारकेश्वर नगरपालिका–३ का १ जनाको मृत्यु भएपछि प्रहरी वृत्त बालाजु तनावग्रस्त भएको छ ।
आइतवार राति ९ बजे तारकेश्वरको चिसापानीमा बा ५ ख ६७७९ नम्बरको टिपरको ठक्करबाट सविन फुँयालको मृत्यु भएको थियो ।
मृतक फुँयालका दाजु जयराम घिमिरेले टिपर चालक, सहचालक र नजिकै बालुवा स्टोर गरिरहेका व्यक्तिहरूले भाइलाई घाँटीमा सावेलले हानेर हत्या गरेको आरोप लगाएका छन् ।
‘टिपरका मान्छेले टिपरले ठक्कर दिएपछि घाइते मात्रै भए लफडा हुन्छ भन्दै घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जस्तो देखिन्छ’, घिमिरेले लोकान्तरसँग भने, ‘घटनाको अवस्था हेर्दा हत्या भएको देखिन्छ तर प्रहरीले दुर्घटना भन्दै आएको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले मृतकको घाँटीमा चोट देखिएकाले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गर्ने बताए ।
‘आफन्तले किटानी जाहेरी दिएका छन् । पोष्टमार्टम गरेर हत्या वा टिपरले हानेर मृत्यु भएको भन्ने खुल्ने छ’, प्रवक्ता मैनालीले लोकान्तरसँग भने । उनका अनुसार पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या वा दुर्घटना भन्न नसकिने बताए ।
प्रहरीले टिपर चालक शिव विकलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानमा खटिएका एक अधिकारीले पनि फुयाँलको हत्या भएको हुनसक्ने बताएका छन् । शरीरमा लागेको घाउ चोटपटकका आधारमा दुर्घटना नभई हत्या भएको हुनसक्ने ती अधिकारीको भनाइ छ । ‘घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेकोजस्तो देखिन्छ’, ती अधिकारीले भने ।
आफन्तहरू ‘टाउकोमा केही चोट नभएको, घाँटी र हिपमा मात्रै चोट देखिनुले हत्या भएको’ आरोपसहित आन्दोलनमा







