
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामानुपातिक सांसद टुंगो लगाएको छ । शनिवार पार्टी सभापति रवि लामिछानेसहितको बैठकले सामानुपातिक सांसद टुंगो लगाएको प्रवक्ता मुकुल ढकालले बताए ।
रास्वपाले यसअघि नै समानुपातिक सांसद टुंगो लगाएको भए पनि प्राइमरीमा धेरै मत पाउनेलाई नपारिएको भनेर विरोध भएपछि अहिले प्राइमरीमा धेरै मत पाउनेहरूलाई नै समावेश गरेर समानुपातिक सांसद छानिएको उनले बताए ।
दलितबाट
सन्तोष परियार
शिव नेपाली
आदिवासी जनजातिबाट
डा. ढाकाकुमार श्रेष्ठ,
इन्दिरा राना मगर
सुमना श्रेष्ठ
खस आर्यबाट
डा. चन्दा कार्की
डोलप्रसाद अर्याल
निशा डाँगी
विनिता कठायत
मधेशीबाट
लक्ष्मी तिवारी
मनिष झा
थारुबाट
अशोक चौधरी
मुस्लिमबाट
असिम साह







