
नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । पार्टी कार्यालय सानेपामा शनिवार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका सांसदको नाम सिफारिस गरेको हो ।
समानुपातिकतर्फ कांग्रेसले ३२ सिट प्राप्त गरेकोमा ३३ प्रतिशत महिला सांसद पुर्याउनुपर्ने बाध्यतामा रहेको कांग्रेसले २९ जना महिला पठाउनुपर्नेछ । कांग्रेसले ३ जना मात्रै पुरुष सांसद पठाउनुपर्नेछ ।
निर्वाचन आयोगले दलहरूलाई शनिवारसम्म प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।
कांग्रेसले सामानुपातिक सांसदमा छनोट गरेको नाम
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
थारुतर्फ
१. कल्पना चौधरी
२. विना कुमारी थनेत
मुस्लिमतर्फ
१. जावेदा खातुन जागा
पुरुष
१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत







