
वासिङ्टन, मेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन ।
कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन । रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गरेका छन ।
कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताएका छन । एजेन्सी







