
भक्तपुर, भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मतदाताहरूलाई धन्यवाद दिन र विजय जुलुस निकालेको । शनिबार दिउँंसो साढे ११ बजेबाट जुलुस निस्केको हो ।
पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट निस्केको जुलुसले आज भक्तपुर नगर परिक्रमा गर्नेछ । गोल्मढीबाट सुरू भएको जुलुस सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ ।
पार्टीका अनुसार त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुग्ने कार्यक्रम छ । भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए ।







