
प्रतिनिधि सभातर्फ महोत्तरी ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष हरिनारायण यादवलाई पराजित गर्दै ठाकुर विजयी बनेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार लोसपाका ठाकुरले १६ हजार ३७५ मत प्राप्त गरे । उनका निकटम प्रतिष्पर्धी जसपाका यादवले १४ हजार ३२५ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत प्राप्त गरे । नेपाल संघीय समाजवादी पार्टीका इलियास अन्सारीले ४ हजार ९४९ मत प्राप्त गरे ।







