
काठमाडौं, नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको पार्टी कार्यालयले जनाएको छ ।
संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिएका छन ।







