चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । उनले पाँच हजार ५४२ मत पाएका छन् ।
पछिल्लो अपडेटअनुसार रविले नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पछि पारेका छन् । पोखरेलकाे चार हजार २९१ मत छ ।त्यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठ तीन हजार ७२२ मतसहित तेस्रो स्थानमा छन् । चितवन– १ मा पनि रविको पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन् ।








