
काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन् । गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदानस्थल अवलोकन गरेका छन् ।
रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले भने, ‘मुलुकभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ । शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’







