
झापा, झापाको एक मतदान केन्द्रमा अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । आइतबार झापा-२ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा आज विहान साढे ९ बजे बम विस्फोट गराएको हो ।
स्थानियले जनाएअनुसार मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको हो । विस्फोट पस्चात मतदातहरु त्रसित बनेका थिए भने मतदान स्थगितसमेत गरिएको थियो ।
केही समयपछि घटनास्थलमा पुगेका नेपाली सेनाको टोली पुगेका थिए र आधा घण्टापछि मात्र मतदान सुरू भएको थियो ।







