
काठमाडौं, ट्वीटरका नयाँ मालिक इलन मस्कले
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर निलम्बन फुकुवा गरेका छन् ।
नौ करोड फलोअर रहेको ट्रम्पक सो अकाउन्ट २०२० को जनवरी ६ मा वाशिङ्टनमा अमेरिकी चुनावको नतिजालाई लिएर भड्किएको हिंसामा सहभागीहरूलाई उकास्नमा प्रयोग भएको भन्दै निलम्बन भएको थियो । सो क्रममा फेसबुक र ट्वीटरले ट्रम्पको खाता निलम्बन गरिदिएका थिए ।
मस्कले शुक्रबार राति आफ्नो ट्वीटर खाताबाट एक पोलमार्फत के पूर्व राष्ट्रपति ट्रम्पको ट्वीटर खाता फिर्ता हुनुपर्छ ? भन्दै प्रश्न सोधेका थिए ।
झन्डै डेढ करोड व्यक्तिहरूले भोट हालेको उक्त पोलमा ५२% ले हुनुपर्छ भन्ने मत व्यक्त गरे भने बाँकीले हुँदैन भने ।
पोलको नतिजापछि मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर निलम्बन फुकुवा गरिएदिएका हुन् ।
‘जनताले आफ्नो धारणा दिए,’ मस्कले शनिबार साँझ ट्वीट गरे, ‘ट्रम्पको खाता फिर्ता हुनेछ।’ त्यसको केही समयमै पूर्व राष्ट्रपतिको खाताको निलम्बन अन्त्य भएको थियो।
यसैगरी ट्रम्पले आफूचाहिँ सामाजिक सञ्जाल ट्वीटरमा फर्किने/नफर्किनेबारे स्पष्ट बताएका छैनन् ।एजेन्सी






