
काठमाडौं, नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभरबाट ७७८ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७७८ नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी थप १७ जना कोरोनामुक्त भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।
Bimala







