
माले, माल्दिभ्सको राजधानी मालेमा आगलागी हुँदा कैयौं भारतीयको मृत्यु भएको छ । बिहिवार मालेमा बस्ने मजदुरको घरमा आगलागी भएपछि दुर्घटना भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार माल्दिभ्समा भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय उच्चायोगले आफू माल्दिभ्सका उच्च अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक पर्ने सहयोग गर्ने बताएको छ । योसँगै उच्च आयोगले दुईवटा हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।एजेन्सी







