
काठमाडौं, इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको छ । फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो ।
यसैगरी इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।एजेन्सी






