
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गरेका छन । उनिहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उनिहरुबीचको सो वार्तामा दुई देशबीचको विदेश नीतिको प्राथमिकताका साथै आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच इजरालयमा भेटवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन – विदेशमन्त्री पोम्पेओ र बेलायती विदेशमन्त्री राबबीच द्धिपक्षीय वार्ता भएको र त्यस क्रममा उहाँहरुबीच इरानका कारणले त्यस क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुरा भएको थियो । साथै सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति विचार (पिस भिजन) का बारेमा पनि कुराकानी भएको सो विज्ञप्तिमा जानकारी दिइएको छ । एजेन्सी







