
काठमाडौं, पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य घट्दै गएको छ । मंगलवार सुनको मुल्य ७०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य स्थिर प्रतितोला १३ सय २० रुपैयाँमा नै कायम रहेको महासंघले जनाएको छ ।







