
इटालीमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा जर्जिया मेलोनी शनिबार निर्वाचित भएको छ । ४५ वर्षीय मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा पहिलोपटक चरम दक्षिणपन्थी नेतृत्वको सरकार गठन गरेका छन् ।
सेप्टेम्बरमा सम्पन्न चुनावमा ‘ब्रदर्स अफ इटाली’ले २६ प्रतिशत मत पाएपछि सरकारकाे नेतृत्व गर्न पुग्नुभएकाे हाे । दश वर्षसम्म पार्टीकाे नेतृत्व गर्नुभएका उहाँसँग सरकार चलाउने अनुभव कम रहेकाे बीबीसीमा उल्लेख छ । सन् २००८ देखि ११ सम्म बेर्लुस्काेनी सरकारमा उनि सबैभन्दा कम उमेरमा मन्त्री बनेका थिए ।
प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने मिलोनीको ब्रदर्स अफ इटालीले सन् २०१८ मा भएको पछिल्लो निर्वाचनमा चार प्रतिशत मत मात्रै प्राप्त गरेको थियो ।






