
क्वालालम्पुर, मलेसियाली निर्वाचन आयोगले मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले बताएका छन् ।
कूल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ । देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिनेछन् ।एजेन्सी







