
काठमाडौं, आज नेप्से परिसूचक घटेको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा अडिएको छ ।
बिहिवार ५० करोड ७६ लाख बराबरको सेयर कारोबार भएको छ । २२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यसैगरी कारोबारमा आएका १३ वटा समूहमध्ये तीन वटाका सूचक बढेका छन् भने १० वटाका सूचक राताम्मे देखिएका छन् । जसमा ट्रेन्डिङको १२.११ र बैंकिङको ८.०१ अंक बढैको छ ।







