
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ ।
गए राति भएको खेलमा युनाइटेडले टोटनहमलाई २–० गोलले हराएको हो ।
जितसँगै युनाइटेड १० खेलमा १९ अंक जोडेर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा २३ अंक छ । टोटनहम तेस्रो स्थानमा छ ।
पहिलो हाफ बराबरी खेलेको टोटनहमले दोस्रो हाफमा दुई गोल खायो । युनाइटेडका फ्रेडले खेलको ४७ औँ मिनेटमा र ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा एकरएक गोल गरे ।
१० खेलमा २७ अंकका साथ आर्सनल शीर्ष र २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।एजेन्सी






