
काठमाडौं, नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ ।







