
काठमाडौं, टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा करिब २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा ५० जना भन्दा बढी कामदार फसेका बताइएको छ फसेका कामदारलाई बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीको गृह मन्त्रालयले जनाएको छ ।
बार्टिनको अमासरा शहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्याँसका कारण विष्फोट भएको जनाइएको छ । विष्फोटका बेला खानीमा एक सय १० जना कामदार रहेका थिए ।एजेन्सी







