
काठमाडौं, दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी अनुसार देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको हो ।
हाल ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा लेखिएको छ, “बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पुर्याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन् ।”
यसैगरी बाढीले भौतिक संरचनाहरुमा क्षति पुर्याएपछि यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् ।
युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु सहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।एजेन्सी







