
काठमाडौं, युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले खेद प्रस्ताव पारित गरेका छन् । जसमा नेपालले पनि सो प्रस्तावको पक्षमा मतदान गरेको छ ।
बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् भने ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।
यसैगरी सो प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौं । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’







