
नेपालगञ्ज उपमहानगरपालिका १७ नन्दईगाँउमा एक युवा मृत अवस्थामा भेटिएका छन । सोमबार बेलुका नन्दईगाउँ नजिकै सरकारी विधालयको जिर्ण भवनमा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३५/४० वर्षिय ति युवाको मुखबाट रगत बगेको र शव नजिकै लागुुुऔषधका एम्पुलका खोष्टामा भेटिएकाले उनि लागुपदार्थ प्रयोगकर्ता हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी यो समाचार तयार पार्दासम्म मृतकको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुबास खड्काले जानकारी दिए ।







