
काठमाडौं, सेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत) ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको हो ।
आज नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । आइतबार करिब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख ७६ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५०० रुपैयाँ र नबिल बैंकको ४ करोड ४२ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।







