
सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केको उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गरेका छन् । सिंहदरबारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो बारे बताएका हुन्।







