
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ७ सय २५ रहेको छ ।
सोमबार कोरोनामुक्त भई १ सय ७५ जना डिस्चार्ज भएर घर फर्किसकेका छन भने देशभर कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार ८ सय ६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन
आज नेपालमा ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन भने कुल मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।







