
काठमाडौं, आइतबार ठुलिभेरी नगरपालिका -७ मा जंगली च्याउको तरकारी खाँदा ४ जना गम्भीर बिरामी भएका छन । बिरामी हुनेमा ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएका छन ।
आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । ‘आज विहान खबर आएपछि प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको थियो, त्यहाँ पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ’ डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारले भने, ‘त्यसपछि सहजीकरण भयो अहिले हेलिकप्टरबाट उद्दार गरिएको छ ।’ok







