
बिश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको सङ्ख्य २ करोड ३५ लाख ८६ हजार ६ सय ४१ नाघेको छ । चिनबाट उत्पत्ति भएको कोरोना भाइरसले आठ महिनाको अवधिमा बिश्वका २ सय १५ देशलाई पुर्ण तथ आंशिक रुपमा प्रभाव पारेको छ ।
संक्रमणकै कारण विश्वभर ८ लाख १२ हजार ५ सय ३७ जनाको निधन भएको छ । संक्रमित मध्ये एक करोड ६० लाख ८५ हजार ५ सय ९१ जनाले भने कोरोनामाथि विजय पाएका छन् । हाल ६६ लाख ८८ हजार ५ सय १३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसमध्ये ६६ लाख २७ हजार १८ जनाको अवस्था सामान्य छ । तर ६१ हजार ४ सय ९५ जनाको अवस्था भने जटिल रहेको जनाइएको छ । विश्वमा सबै भन्दा बढी अमेरिकामा ५८ लाख ७४ हजार १ सय ४६ जना संक्रमित हुन पुगेका छन् । त्यसपछि ब्राजिलमा ३६ लाख ५ हजा ७ सय ८३ जना संक्रमित भएका छन् ।







