
काठमाडौं, नेपाली बजारमा लगातार सुनचाँदीको मुल्यमा घटबढ भैइरहेको छ । यस्तैमा सोमबार तोलाको ५०० रुपैयाले घटेको छ भने तेजाबी सुन प्रतितोला ९७ हजार ९०० र छापावाला सुन तोलाको ९८ हजार ४ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर आज १,३२० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतवार पनि ४०० सयले सुनको मूल्य घटेको थियो ।







