
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार सोमबार चुमनुब्री गाउँपालिका–१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको हो ।
पहिरोमा परि केही पर्यटक बेपत्ता भएका छन् भने मानवीय क्षति पुष्टि नभएको उनको भनाइ छ । अहिलेनप्रहरी घटनास्थलमा छन् ।
यसैगरी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको छ ।







