
वासिङ्टन, संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको छ ।
संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भन्नुभएको छ– विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्नुहुने भएको छ ।
भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुहुने भएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजराय अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नुहुने छ ।







