
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट दिनहुँजसो ब्यक्तिको मृत्यु हुन थालेको छ भने संक्रमितको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ । लगातार मृतक सङ्ख्या वृद्धि हुँदै जाँदा जोखिमतर्फ उन्मुख भएको छ ।
भदौको एक सातामै ४५ जना ब्यक्तिले कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन एकै दिन ११ जनाको मृत्यु यसै महिनामा भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक सय ४९ पुगेको छ ।







