
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ६ गते बिहीबार इश्वी सन २०२२ सेप्टेम्बर २२ तारीख आश्विन कृष्णपक्ष द्वादशी तिथी ।
राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।







