
काठमाडौं, दुबईमा अलपत्र परेका २ सय ६२ नेपाली कामदारलाई आइतबार नेपाल वायुसेवा निगमले उद्वार गरि काठमाडौं ल्याएको छ ।
आइतबार साँझ ७ बजे उत्रिएको उक्त विमानमा दुई शिशु र एक नेपाली शवसमेत ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले जनाएका छन ।
यस दिन आन्तरिकतर्फ पाँचवटा चार्टर उडान भए । जसमा तारा एयरको विमान कार्गो लिएर लुक्ला गएको थियो भने सीता एयरको विमान ८ जना यात्रु लिएर नेपालगन्ज पुगेको थियो । त्यसैगरी प्रभुको हेलिकप्टर पोखरा, एयर डाइनेस्टीको विराटनगर र मनाङ एयरको हेलिकप्टर लुक्ला प्रस्थान गरेका थिए ।







