
काठमाडौं, राष्ट्रपति विद्या भण्डारीबाट दुबै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारुढ दल रुष्ट देखिएका छन् ।
नेताहरुले राष्ट्रपतिबाट कानुनको पालना नभएको भन्दै उनीहरुले आपत्ति जनाइरहेका छन् । जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले टिप्पणी गरेका छन् ।
आज बिहान सामाजिकमार्फत उनले भनेका छन्,’बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’







