
नयाँदिल्ली, भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो कम्पनी रिलायन्सको उत्तराधिकारीको योजनामा छोरीलाई अघि बढाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रिलायन्स ग्रुप अफ कम्पनीको वार्षिक साधारणसभामा मुकेशले रिलायन्सको उत्तराधिकारीको रुपमा छोरी ईशा अम्बानीलाई अघि सारेका हुन् ।
यसैगरी मुकेशले वार्षिक साधारण सभामा आफ्ना तीन सन्तानमध्ये प्रत्येकका लागि निश्चित भूमिका कोरेका छन् ।
अम्बानीका जेठा जुम्ल्याहा सन्तान आकाश र इशा अम्बानीले क्रमशः रिलायन्स इन्डष्ट्रिज लिमिटेडको दुरसञ्चार र खुद्रा व्यवसायको नेतृत्व गर्नेछन् जबकी उनका कान्छो छोरा अनन्तलाई नयाँ ऊर्जा सम्हाल्न तयार पारिएको छ ।एजेन्सी







