
काठमाडौं, वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडाँैं उपत्यकामा ९५० शøया भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको छ ।
मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५० जना तत्काल बस्ने गरी एकीकृत क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन ।
उनका अनुसार काठमाडौँंको सामाखुशी र कीर्तिपुरमा रहेको राधा स्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने छ । त्यसैगरी जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेजमा सय र चाँगुनारायण नगरपालिकाको तेलकोटा भवनमा ५० जनालाई राखिने छ ।
भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडाँैं उपत्यका एकीकृत क्वारेन्टाइ
न व्यवस्थापन समिति गन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौँं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका उपत्यका हेर्ने अधिकारीलगायतको बैठकले ९५० शøयाको एकीकृत क्वारेन्टाइन तत्कालै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सभार गोरखापत्र







