
काठमाडौं, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ । सो भेटका क्रममा रुसी राष्ट्रपतिले आफूले युक्रेन युद्ध ‘सम्भव भएसम्म छिटो’ अन्त्य गर्न चाहेको बताएका छन् ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको दुई नेताबीचको भेटघाटको विवरणअनुसार
भेटमा भारतीय प्रधानमन्त्रीले पुटिनसँग ‘आजको युग युद्धको युग नभएको र फोनमा पनि यस विषयमा जानकारी गराएको’ बताएका थिए । मोदीको संकेत युक्रेन माथिको रुसी आक्रमणतर्फ थियो ।
यसैगरी मोदीले प्रजातन्त्र, कुटनीति र वार्ताले विश्वलाई नजिक ल्याउने बताए । जवाफमा पुटिनले ‘युक्रेनले वार्ताको प्रस्ताव अस्वीकार गरेको बताए । ‘युक्रेन द्वन्द्वप्रति तपाईले आफ्ना चिन्ता निरन्तर व्यक्त गर्नु भएको छ ।
हामी युद्ध रोक्न सम्भव भएसम्म सबै गर्नेछौं । तर दुर्भाग्यवश युक्रेनी नेतृत्वले वार्ताको प्रक्रियालाई अस्वीकार गरिरहेको छ । उसले सैन्य माध्यमबाट उद्देश्य हासिल गर्ने घोषणा गरेको छ,’ पुटिनले मोदीसँग भने ।एजेन्सी







