
बिरगञ्ज, रौतहट श्री हनुमान मन्दिरका पुजारी स्व.श्रीराम साह हत्यारालाई कारबाहीको मांग गर्दै आज पर्साका प्रमुख जिल्ला अधिकारी अास्मान तामाङ ज्यू लाई हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साद्वारा ज्ञापन-पत्र बुझाइएको छ ।
उक्त ज्ञापन पत्रमा विभिन्न माग गरिएको छ जसमध्ये मुख्य मागहरु पुजनीय पुजारी श्रीराम साह लाई शहीद घोषणा गर,दोषी लाई फ़ासीको सजा दे ,सन्त-महन्थ ज्यूहरुको सुरक्षा ग्यारेन्टी गर सहित मांग रहेका छन । पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, सचिव सुधीर मिश्रा, जिल्ला सदस्य अमोद कुमार केवट, बीरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित केन्द्रिय सदस्यहरु सुरेश साह कानू र भरत सरार्फको सहभागी रहेको थियो ।








