
काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समयधमाधम कर तिर्न ताकेता गर्न थालेका छन् ।
बिहिवार उनको निर्देशनमा काठमाडौं महानगरपालिकाको राजस्व विभागमार्फत् नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्र लेख्न लगाएका छन् ।
यसैगरी महानगरपालिकाको क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको भन्दै कर तिर्न सेना, प्रहरी र समाज कल्याण परिषद्को निकायलाई पत्राचार गरिएको र १० दिनभित्र कर तिर्न भनिएको छ ।







