
काठमाडौं, नेपालमा बुधबार थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ८३६ नमुना परीक्षणमा २३० जनामा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९५६ पीसीआर परीक्षणमा १२८ र १ हजार ८८० एन्टिजेन परीक्षणमा १०२ जना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ७८ जनामात्रै निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ रहेको छ ।







