
काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई कप्तानबाट हटाउने तयारी गरेको छ ।
बुधबार बेलुका क्यानको आकस्मिक बैठक बसेर उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।
मंगलबार सन्दीपमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् ।
सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ ।
यसैगरी अध्यक्ष चतुरबहादुर चन्द राजधानी बाहिर रहेकाले बेलुका सम्ममा काठमाडौं आएर तत्काल बैठक बस्ने तयारी छ ।







